Connect IPS
IME Life

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी, २५ माथि सिट पाउन सक्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । पार्टी घोषणा गरेको ४ महिनाकै अवधिमा उनको पार्टीले अत्याधिक मत पाउन सफल भएको छ । लामिछाने सहित ६ जनाले प्रत्यक्ष तर्फ जित हासिल गरिसकेका छन् भने ३ स्थानमा लिड गरिरहेको छ । चितवन क्षेत्र नम्बर २ मा लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । प्रत्यक्ष सहित समानुपातिकमा पनि लामिछानेको पार्टीले अत्याधिक मत प्राप्त गरिरहेको छ । मत गणना चलिरहदा समानुपातिक तर्फ २ लाख ६८ हजार मत प्राप्त गरिसकेको छ ।

Prabhu
Crest

काठमाडौं क्षेत्र नम्बर ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली, ८ मा विराट भक्त श्रेष्ठ, २ मा सोविता गौतम, ललितपुर तीन बाट तोसिमा कार्की र चितवन २ बाट रवि लामिछाने विजयी भएका हुन् ।

पुराना दलको कार्यशैली र उनिहरुको असफलताले गर्दा जनलहर राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको हो । विद्यमान दल प्रतिको आक्रोश स्थानीय तहदेखिकै चुनावमा झल्किसकेको थियो । यहि आक्रोसलाई लामिछानेले केहि हदसम्म क्यास गर्न सफल भएका छन् । तर उनको छोटो समयको सक्रियताले गर्दा सरकार बन्न सक्ने अवस्था भने बन्न सकेन ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनलहर देखिदा पुराना पार्टी सच्चिने अथवा अर्को चुनावबाट हार्ने बाहेक उनिहरु सँग विकल्प छैन । जुन सुकै राजनीतिक परिवर्तन हुँदा पनि सर्वसाधारणको जीवनस्तर उकासिन सकेको छैन । सरकारको नीति एकातिर छ भने डेलिभरी अर्को तिर छ । यि दुईको तालमेल हुन नसक्दा नेपालले अझै पनि वास्तविक रुपमा विकासको ढोका खोल्न सकेको छैन ।

राजनीतिक दल निश्चित व्यक्तिको चंङ्गुलमा फस्ने र जनतालाई उपेक्षा गर्ने परिपाटीको उपज राष्ट्रिय स्वतन्त्र पार्टी हो । जवकी यस पार्टीले कुनै वादको कुरा गरेको छैन । स्पष्ट राजनीतिक भिजन प्रस्तुत गरेको छैन । अर्को तर्फ जनतालाई विभिन्न वादमा रुमल्याउने दलहरुको कार्यशैलीले पनि अव काम नगर्ने निश्चित छ । जनतालाई राजनीतिक वाद भन्दा पनि विकास चाहिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS