IME Life New

तिहारकाे झिलिमिलीसँगै आगलागीकाे जाेखिम उच्च, कसरी अपनाउने सावधानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । तिहारको समयमा सबैतिर झिलिमिली उज्यालो पारेर धनधान्यकी देवी लक्ष्मी मातालाई स्वागत गर्न कुनै कसर बाँकी छाड्दैनन् । तिहारलाई लक्षित गरी गरिने पूर्ण सरसफाई र रंगरोगनले गर्दा घरआँगन, पसल, कार्यालयले काँचुली नै फेरे जस्तो अनुभूती हुन्छ ।

तिहारमा झकीझकाउ बनाउनको लागी बत्तीको उज्यालो, दियोको उज्यालो र लक्ष्मीपूजाको रात विशेष दीप बालेर पूजा गर्ने प्रचलन पहिले देखि नै चल्दै आएको छ । दियो, मैनबत्ति, उच्च क्षमताको विद्युतीय चीमको प्रयोग र उच्च विद्युत खपतका कारण तिहारमा आगलागीको जोखिमको संभावना पनि उत्तिक्कै हुन्छ । थोरै पनि असावधानीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

Esewa
Crest

चाडपर्वको रमाइलोमा डुब्दै गर्दा सावधानी अपनाउन छोड्नु हुँदैन । घर वा पसलमा जडान गरिएको विद्युतीय उपकरण, तार, स्वीच, फ्यूजको क्षमताले धान्न सक्ने गरी मात्र बिजुली बत्ति बाल्नुपर्छ । पसल वा घरमा पूजाआजाको लागी धुप बत्ति वा दियो बाल्दा सकेसम्म सुरक्षितरुपमा आगलागी हुन नदिने गरी बाल्नुपर्छ । पसल वा कार्यालय बन्द गर्ने समयमा बत्ति निभाउनु बुद्धिमानी हुन्छ । साथै पूजा स्थानमा रहेको दियो लक्ष्मी देवी प्रतिको आस्थाका कारण निभाउन मनले मान्दैन भने पानी भरिएको खड्कुलो वा अन्य फराकिलो गहिरो भाँडामा पानी भरेर दियो नडुब्ने गरी दियो बाल्न सकिन्छ । तर यसरी दियो बालेर छोड्दा सकेसम्म तेलको मात्रा थोरै राख्नु उपयुक्त हुन्छ । घरमा समेत राति अबेर पूजा सकि सकेपछि देउता थानमा बालिएको बत्ति आफैं नभिनिउञ्जेलसम्म सुरक्षाको लागी खड्कुलो वा अन्य फराकिलो गहिरो भाँडामा पानी भरेर दियो नडुब्ने गरी राख्दा आगलागीको जोखिम कम हुन्छ ।

तिहारको समयमा देशभर आगलागीका घटनाहरु बढ्ने गरेका छन् । आत्तिशबाजीका कारण पनि आगलागीको जोखिम उत्तिक्कै हुन्छ । विशेषगरी तराईका मुख्य व्यापारिक केन्द्रहरुमा लक्ष्मी पूजाको दिन ठूलो परिमाणमा आत्तिशबाजीको प्रयोग हुने भएकाले पनि आगलागीको घटना तुलनात्मकरुपमा बढी हुन्छ ।

आगलागी जस्तो विपत्ति जुनसुकै बेला पनि आइलाग्न सक्छ । यस्तो विपत्तिका कारण हुन सक्ने संभावित आर्थिक नोक्सानीलाई सम्पत्तिको आगलागी बीमाको सहयोगमा न्यून गर्न सकिन्छ । दुर्घटनावश हुन जाने आगलागीबाट हुने धनमालको नोक्सानी भएको अवस्थामा बीमा कम्पनीले त्यसको क्षतिपूर्ती गरिदिन्छ । आगलागी बीमाशुल्क बीमा गराएको सम्पत्तिको मूल्यको निश्चित प्रतिशतको आधारमा गरिने भएकाले दुर्घटनावश आगलागी भएमा आफ्नो सबै सम्पत्ति स्वाहा भएको टुलुटुलु हेर्नुभन्दा समयमै बीमा गरेर ढुक्क हुनु बुद्धिमानी हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS