IME Life New

नेपाल सरकारबाट शिखर इन्स्योरेन्सले पायो उत्कृष्ट बीमा कम्पनीको पुरस्कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको अधार भन्ने नारा सहित नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले आयोजना गरेको यस वर्षको ४२ औं विश्व खाद्य दिवस, २०२२ को अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई नगद रु १०,००० सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

नेपालमा कृषि बीमामा बिकाश र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दावीको व्यवस्थापन र फर्छौट गरेको आधारमा यो पुरस्कार प्रदान गरिएको छ।

Esewa
Crest

हरेक वर्ष अक्टोवर १६ तारिखमा विश्वभरी खाद्म संकट र भोकमरिको विरुद्ध एक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाईन्छ, नेपालमा ४२ औं विश्व खाद्य दिवस कृषक र सरोकारवाला निकायहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

किसानलाई भएको जोखिम तथा क्षतिको क्षति पुर्ति प्रदान गरेकै कारण यसै कम्पनीलाई UK Aid funded Adaptation at Scale prize Asia Network for Sustainable Agriculture and Bio resources (ANSAB) द्धारा २०१९ मा ५०,००० पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार रासी प्रदान गरिएको थियो ।

स्थापना कालदेखि नै नेपाली बीमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बीमा कम्पनीका रुपमा रहदै आएको यस कम्पनी इक्रा नेपालबाट (ICRA-NP) A Rating प्राप्त गरेको नेपालको एकमात्रै निजिर्वन बीमा कम्पनी समेत हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

10%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS