IME Life New

शिखर इन्स्योरेन्सको मौसम सूचकाङ्कमा आधारित बाढी बीमामा बीमाशुल्क भन्दा तेब्बर दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले मौसम सूचकाङ्कमा आधारित बाढी बीमामा बीमाशुल्क भन्दा तेब्बर दावी भुक्तानी गरेको छ ।  शिखर इन्स्योरेन्स कम्पनीले नेपालमा पहिलो पटक मौसम सूचकाङ्कमा आधारित बाढी बीमा कैलाली र बर्दियाका स्थानीय तहमा २०७९ श्रावणबाट प्राक्टिकल एक्सन लगायत विभिन्न गैरसरकारी संस्थाको समन्वयमा कर्णाली नदी तटिय क्षेत्रमा बाढीका कारण धान बालीको नोक्सानीको जोखिमलाई रक्षावरण गर्न कर्णाली नदीको सतह मापन सूचकाङ्कको आधारमा बिकास गरिएको बीमालेखले स्थानियमा निकै लोकप्रियता हासिल गरेको थियो ।

यस मौसम सूचकाङ्कमा आधारित बीमा योजनाले जल तथा मौसम विज्ञान बिभाग बाट जलस्तर, खडेरी, हावाको गति जस्ता मापन गर्न सकिने मौसमी अवस्थाको कारणले हुने कृषि उपजको क्षतिलाई पुर्व निर्धारित मापदण्ड अनुसार दावी परेको अवस्थामा क्षति निर्धारन गरी क्षतिपूत्र्ती प्रदान गर्दछ ।

Esewa
Crest

२०७९ असोज १ गते कर्णाली नदीको जल सतह १०.८० मीटर जल तथा मौसम बिज्ञान कार्यालयको तथ्याङ्कको आधारमा मापन गरीए पश्चात, यस बीमा अन्तर्गत प्रथम १० प्रतिशत रकम शिखर इन्स्योरेन्स कम्पनीले बीमीत किसानहरुलाई २०७९/६/२४ गते दाबी बापत दाबी रकम हस्तान्तरण गरिसकेको छ ।

असोजको अन्तिम साता तिर परेको अविरल वर्षाका कारण मिति २०७९/६/२४ मा कर्णाली नदीको जल सतह १२.३५ मीटर भै जल तथा मौसम बिज्ञान कार्यालयले मापन गरेका तथ्याङककोे आधारमा यस बीमा अन्तर्गत २५ प्रतिशत रकम हाल किसानहरुलाई भुक्तानी भइरहेको छ ।

मौसम सुचकाङ्कमा आधारित बाढी बीमा भनेको के हो?
नेपालको कर्णाली नदीमा शूरु गरिएको मौसम सुचकाङ्कमा आधारित बाढी बीमालेख उत्पादनको आधारमा धानबालीको बीमा गर्नेे बीमालेख हो । नदीको सतह १०.८० मिटरसम्म पुग्दा किसानले १० प्रतिशत बीमा बापतको रकम प्राप्त गर्ने प्रावधान रहेको छ र सो भन्दा बढी ११.८१ देखि १२.८० मिटर मापन भएपछि २५ प्रतिशत, १३.८१ मिटर देखि १४.८० मिटर मापन भएमा ७५ प्रतिशत र १४.८१ मिटर भन्दा बढी नदी सतह मापन भएमा किसानले शतप्रतिशत क्षतिपूत्ती प्राप्त गर्नेछन् ।

खोलाको बहाव र बहाव बाट हुने धानबाली क्षतिको मुल्याङ्कन गर्दा , बीमा दावी भुक्तानी गर्न पर्ने वा नपर्ने एकिन गर्न चिसापानी कर्णाली स्थित बाढी मापन केन्द्रको तथ्यांक हेरी दावी भुक्तानी गर्ने गरिन्छ, त्यसैले बिपदको समयमा सबै बीमीतलाई बीमा दावी भुक्तानी सहज र छिटो छरितो भएको हो ।

बाढीको चपेटमा परेका धानबाली किसानहरुले बिपदको समयमा विपदको व्यवस्थापन गरी, दावी गर्न के गर्ने भनेर सोच्ने समय सम्म दावीको भुक्तानी भै सक्ने भएको ले, यस बाढी बीमाले बीमा प्रतिको जनमानसमा दृष्टिकोण परिवर्तन गरि बीमाको सकरात्मक प्रचारमा धेरै सहयोग पुराउने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

14%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS