IME Life New

निर्वाचन आयोगलाई समितिको जवाफ : ‘लघु बीमाको लाइसेन्स वार्षिक कार्यक्रम अन्तर्गतकै हो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले निर्वाचन आयोगलाई लघु बीमाको लाइसेन्सिङ सम्बन्धमा लिखित जवाफ पठाउने तयारी गरेको छ । आयोगले असोज २८ गते पत्र मार्फत बीमा समितिलाई निर्वाचन आचार संहिता विपरित लाइसेन्स वितरण गर्ने प्रकृयाँ अगाडी बढाएको छ, छैन भनेर प्रश्न गरेको थियो । त्यस्तै लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रकृयाँ अगाडी बढाईएको भए निर्वाचन आचार संहिता विपरीतको उक्त कार्य किन रोक्नु नपर्ने हो ? यसको स्पष्ट जवाफ पठाउन अनुरोध गरेको छ ।

बीमा समितिले लाइसेन्सिङ प्रकृयाँ निर्वाचनको समयमा नभइ वार्षिक कार्यक्रम अनुरुप अगाडी बढाएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘निर्वाचन आयोगले के आधारमा लाइसेन्स वितरण गरिएको भन्दै प्रश्न गरेकाले हामीले वार्षिक नीति तथा कार्यक्रम अनुरुप नै जारी गरिएको भन्दै जवाफ पठाउदै छौ ।’

Esewa
Crest

समितिले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा लघु बीमाको लाइसेन्स जारी गर्ने कुरालाई उल्लेख गरेको जनाएको छ । बजेटमा पनि बीमाको पहुँच बढाउन लघु बीमा कम्पनी स्थापना गर्ने व्यवस्था रहेको र सोहि व्यवस्थालाई कार्यान्वयन गर्न लाइसेन्स जारी भएको समितिको जवाफ छ ।

समितिले लघु बीमाको लाइसेन्स भदौ १० गते नै जारी गरेको हुँदा निर्वाचन आचार संहिता विपरित नहुने तर्क गरेको छ । निर्वाचन आचार संहिता असोज १२ गतेदेखि मात्रै लागु भएको हुँदा आचार संहिता विपरितको कार्य नभएको समितिले जनाएको छ । समितिले भदौ १२ गतेदेखि असोज १३ गतेसम्म लघु बीमा कम्पनीको लाइसेन्सका लागि निवेदन आह्वान गरेको थियो ।

सञ्चार माध्यममा सरकारले चुनावको मुखमा निर्वाचन आचार संहिता विपरित लघु बीमाको लाइसेन्स जारी भएको भन्दै समाचार सम्प्रेषण भए पछि आयोगले समिति समक्ष जवाफ मागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS