काठमाडौं । दशैं विदामा पनि नेपाल इन्स्योरेन्स कम्पनीले बीमा सेवा दिने भएको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागेको हो । कम्पनीले असोज १६,१७ र १८ गते आफ्नो प्रधान कार्यालय कमलादी काठमाडौंबाट विहान १० बजेदेखि दिउँसो १ बजेसम्म बीमा सेवा दिने जनाएको छ ।
यसका साथै कम्पनीले बीमा सम्बन्धी केही थप बुझन र जानकारी लिनका लागि सम्बन्धीत व्यक्ति खटाएको छ । जहाँ बीमा सेवाका लागि ३ जना, बीमा दाबी सेवाको लागि पनि ३ जना गरी ६ जना व्यक्ति खटाएको छ । दशै बीदामा बीमा सम्बन्धी केही समस्या परेमा कम्पनीले यी व्यक्तिलाई सम्पर्क गर्न भनेको छ ।