IME Life New

सरेण्डर भन्दा ल्याप्स रेसियो घातक, ल्याप्स घटाउन गरेका कामको विवरण पेश गर्न समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सरेण्डरलाई कडाइ गरेसँगै ल्याप्स रेसियोलाई पनि नियन्त्रण गर्ने भएको छ । समितिले सम्पुर्ण कम्पनीहरुलाई अहिलेसम्मको ल्याप्स रेसियो र ल्याप्स रेसियो घटाउन कम्पनीले गरेका कार्यहरुको विवरण पेश गर्न निर्देशन दिएको छ ।

बीमा कम्पनीहरुमा सरेण्डरको तथ्याङ्क भन्दा ठुलो समस्या ल्याप्स रेसियो देखिएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । समितिले केहि दिन अगाडी आयोजना गरेको एक कार्यक्रममा समितिका अध्यक्ष सिलवालले जीवन बीमा कम्पनीहरुमा अहिले सबैभन्दा ठुलो समस्या ल्याप्स रेसियो देखिएको बताएका थिए ।

Esewa
Crest

बीमा समितिले सम्पुर्ण कम्पनीहरुलाई एक वर्ष अगाडी ल्याप्स रेसियो ५ प्रतिशतमा झार्न निर्देशन दिएको थियो । तर यस वर्ष घट्नुको सट्टा झन् बढेको पाइएकोले कम्पनीहरुसँग यथार्थ विवरण पेश गर्न निर्देशन दिइएको सिलवालले जानकारी दिए ।

समितिले ल्याप्स रेसियो झार्न निर्देशन दिए पछि नउठेको बीमा शुल्क उठाउन बीमा कम्पनीहरुले के के पहल गरे त्यसको जानकारी माग गरेको हो । यस अवधिमा बीमा कम्पनीहरुले व्यतित बीमा लेखमा व्याज छुटका विभिन्न स्किमहरु ल्याएका थिए । तर पनि संख्या घट्नुको सट्टा बढिरहेको समितिको भनाइ छ ।

जीवन बीमा कम्पनीहरुमा ल्याप्सेस बढ्नुको सबैभन्दा ठुलो कारण उचित अण्डराइटिङको अभावले नै हो । बीमा कम्पनीका कर्मचारी, अभिकर्ताहरुको ध्यान पहिलो बीमा शुल्क बाहेक अन्त छैन । पहिलो वर्ष जसरी पनि बीमा शुल्क ल्याउने त्यस पछि दोस्रो वर्ष, तेस्रो वर्षदेखि मतलब नै गर्दैनन् ।

बीमा अभिकर्ताहरुलाई प्रथम बीमा शुल्क आर्जनको १५ देखि २५ प्रतिशतसम्म कमशिन त्यतिकै दिइएको होइन । उनिहरुको दायित्व पहिलो वर्षमा बीमा शुल्क ल्याएपछि सकिदैन । त्यसैले अभिकर्ताले पाउने कमिशनको वितरण प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने देखिएको अध्यक्ष सिलवालको भनाइ छ ।

यदि बीमा अभिकर्ताले एकै पटक कमिशन पाउने व्यवस्थालाई विभाजन गरि अलि धेरै समयसम्म पाउने व्यवस्था गर्ने हो भने अभिकर्ता पनि बीमित प्रति बढि अनुग्रहित हुने थिए । अहिले अभिकर्ताको ध्यान नै पहिलो वर्ष धेरै कमिशन पाउने गरि बीमा गरिदिने र दोस्रो वर्षदेखि उक्त बीमितले जेसुकै गरोस् भन्ने मनासय रहेको पाइन्छ ।

अभिकर्ताको उक्साहटमा कतिपय बीमितले ठुलो ठुलो बीमाङ्कको बीमा गर्ने गर्दछन् । पहिलो वर्ष आफुसँग भएको बचत तथा सर सापट गरेर बीमा शुल्क भुक्तानी गर्छन् । तर दोस्रो वर्षमा पनि पहिलो वर्षकै जति बीमा शुल्क भुक्तानी गर्नु पर्ने भएकाले उनिहरुलाई धेरै गाह्रो पर्छ । यसरी बीमा गर्दा सरेण्डर गर्नुपर्ने बाध्यता रहन्छ भने अर्को तर्फ बीमा शुल्क भुक्तानी गरेर बीमालेख व्यक्तित हुने जोखिम पनि उत्तीकै रहन्छ । त्यसैले बीमा कम्पनीहरुलाई बरु थोरै व्यवसाय गर तर गुणस्तरको व्यवसाय गर्नु भनेर निर्देशन दिइएको अध्यक्ष सिलवालले बताए ।

कतिपय बीमितलाई बीमा पोलिसी सरेण्डर र ल्याप्सेस रेसियोको सामान्य ज्ञान पनि छैन । उनिहरुलाई पोलिसी सरेण्डर गर्दा कति घाटा हुन्छ साथै समयमा बीमा शुल्क भुक्तानी नगर्दा कति घाटा बेहोर्नु पर्छ भन्ने सामान्य जानकारी पनि नरहेकोले यस्ता विषयमा पनि बीमा कम्पनीले बीमितलाई थाहा दिनु पर्छ । यदि बीमितले पोलिसी खरिद गर्नु भन्दा अगाडी नै यसको जानकारी पायो भने अभिकर्ताले हौसाएको भरमै बीमा गर्न तम्सिदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS