काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको सञ्चालकमा अनिश ताम्राकार नियुक्त भएका हुन् । संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट कम्पनीमा सञ्चालक भई प्रतिनिधित्व गर्दै आएका भोलानाथ ढुङ्गानाको ठाउँमा बैंकका सहायक महाप्रबन्धक ताम्राकारलाई तोकी पठाएको हुँदा उनी तोकिएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।


















