IME Life New

रम्भा गाउँपालिकामा सगरमाथा इन्स्योरेन्सको बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम रम्भा गाउँपालिकाको कार्यालयमा १ दिने बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । बुटबल रिजन प्रमुख गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीको प्रमुख अतिथ्यतामा गाउँ कार्यपालिका, बिभागिय प्रमुख हरु, माबिका प्र.अहरु र पालिका कर्मचारीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कृषि पशुपंछि तथा जडिबुटी बीमालेखको वारेमा तानसेन ब्रान्च प्रमुख करुणा काफ्लेले जानकारी दिए । त्यस्तै, दुर्घटना बीमा, मोटर बीमाको बिषयमा बुटवल ब्रान्च प्रमुख रामनाथ ढकालले तथा सम्पत्ति बीमा, लघु बीमा लगायत अन्य बीमा सम्बन्धी बिषयमा रिजनल प्रमुख गोपाल ज्ञबालिले जानकारी गराएका थिए ।

Esewa
Crest

नगरपालिका प्रमुख अधिकृत कृष्ण प्रसाद ढकालले इन्स्योरेन्समा रहेका ब्याबहारिक समस्याको विषयमा प्रकाश पर्दै अबका दिनहरुमा कम्पनीका ब्याबहारिक कुराहरु लाई पनि सामेल गर्न अनुरोध गरे ।

त्यस्तै, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बीमा निजी जिबनको अपरिहार्य साबित भइसकेको, किसान देखि ब्याबसायी कर्मचारी नेता सबैको दिनचर्यामा जोडिसकेको हुदा दायरा फराकिलो भएको तर सोहि अनुसार कार्य गर्न नसकेको होकि भन्ने जिज्ञासा राख्दै आफुहरुले आफनो पालिका भित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा पालिका भित्र रहेका सबै कर्मचारीहरुको सामुहिक दुर्घटना बीमा गराएको जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS