IME Life New

बीमा समितिले १० ब्रोकरलाई दियो लाइसेन्स, के के काम गर्न पाउछन् पुनर्बीमा दलालले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले पुनर्बीमा ब्रोकरको काम गर्न १० वटा कम्पनीलाई लाइसेन्स दिएको छ । आवस्यक प्रकृयाँ पुरा गरेका कम्पनीहरुलाई लाइसेन्स प्रदान गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले काम गर्छु भन्दै ५ करोड पूँजी सहित प्रकृयाँ पुरा गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बताए । समितिले ब्रोकर लाइसेन्सका लागि सधै खुला राख्नेछ ।

पुनर्बीमा ब्रोकर (दलाल) सम्बन्धी निर्देशिका, २०७८ अनुसार चुक्ता पूँजी ५ करोड रुपैयाँ तोकिएको छ भने अधिकृत पूँजी १० करोड रुपैयाँ हुनुपर्नेछ । समितिका अनुसार अहिलेसम्म जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लि, ग्लोबल इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रि इन्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज र एवान रि इन्स्योरेन्स ब्रोकरले लाइसेन्स पाए लाइसेन्स पाएका छन् ।

Esewa
Crest

नेपाली बीमा कम्पनीहरुले यस भन्दा अगाडी विदेशी ब्रोकर मार्फत पुनर्बीमा गर्दै आएका थिए । पुनर्बीमाका लागि ब्रोकर अनिवार्य छ । नेपाल पुनर्बीमा कम्पनीले नेपाली बीमा कम्पनीहरु सँग प्रत्यक्ष रुपमा पुनर्बीमा संझौता गरेर पुनर्बीमाको काम गर्दै आएको छ । त्यस्तै हिमालयनले पनि स्वदेशी बीमा कम्पनीहरु सँग प्रत्यक्ष रुपमा पुनर्बीमा गर्दै आएको छ । तर विदेशी पुनर्बीमा कम्पनीहरुको हकमा भने ब्रोकर अनिवार्य हुन्छ ।

ब्रोकरहरुले एक भन्दा धेरै पुनर्बीमा कम्पनी सँग सहमति गरी पुनर्बीमा गर्न सक्छन् । जसरी जीवन बीमाका अभिकर्ता पहिलो अण्डराइटर हुन्छ त्यसरी नै ब्रोकर पनि पहिलो अण्डरराइटर हो । उसले जोखिम विश्लेषण गरेर बीमा कम्पनीहरुलाई व्यवसाय दिन्छन् ।

नेपाल पुनर्बीमा कम्पनी धेरै पटक विदेशी ब्रोकर कम्पनीको भर पर्दा फसेको छ । ब्रोकरले जोखिम अनुसार पुनर्बीमा कम्पनीहरु चयन गर्छन् । त्यसैले ब्रोकर सञ्चालन गर्न धेरै नै अनुभवी र प्राविधिक ज्ञान भएका व्यक्तिहरु चाहिन्छ ।

अहिले लाइसेन्स लिने अधिकाम्स नेपाली व्यक्तिहरुको लगानी भएका कम्पनी छन् । लाइसेन्स पाइएको बेलामा लिएर राखौ न भनेर लिने पनि छन् । अर्को तर्फ कुनै ब्रोकर स्वदेशी बजारलाई नै आधार मानेर स्थापना भएका छन् । स्वदेशी बजारमा मात्रै भर पर्ने ब्रोकरले खासै राम्रो व्यवसाय गर्न सक्दैनन् । तर अन्तर्राष्ट्रिय सम्बन्ध बनाएर बजार विस्तार गर्न सक्ने सक्षम ब्रोकर भएका खण्डमा उनिहरुले ठुलो मात्रामा वैदेशिक मुद्रा भित्र्याउन पनि सक्नेछन् ।

पुनर्बीमा दलालका कार्यहरु

क. बीमकले जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने दायित्वको सम्बन्धमा बीमकको तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने

ख. पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने

ग. बीमा/पुनर्बीमाक बजारको तथ्याङ्क विश्लेषण गरी पुनर्बीमित/पुनर्बीमकलाई उपलब्ध गराउने

घ. पुनर्बीमा दाबी भुक्तानी सहजिकरण गर्ने

ङ. पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने

च. पुनर्बीमा सम्झौता अनुरुपको लिने/दिने रकमको हिसाव फरफारक गर्न सहयोग गर्ने

छ. जोखिम अनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न सहयोग गर्ने

ज. बीमितको लागि उपयुक्त पुनर्बीमा दर प्राप्त गर्न प्रयत्न गर्ने

झ. विदेशी बीमकले विदेशी मुलुकमा जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने जोखिम सम्बन्धमा नेपाली पुनर्बीमक वा पुनर्बीमकसँग मध्यस्थता गर्ने

ञ. पुनर्बीमितको आवश्यकता अनुरुप पुनर्बीमा व्यवस्था गराउने

ट. बीमक तथा पुनर्बीमकको सहमति अनुसार कभरनोट जारी गर्ने

ठ. पुनर्बीमित तथा पुनर्बीमक बीच लिनु दिनु पर्ने रकमको समर्थन पत्र उपलब्ध गराउने

ड. आफुले पुनर्बीमा व्यवस्था गरे गराएको पुनर्बीमा सम्झौता अन्तर्गत बीमकमा पर्ने दाबीहरुको फर्छ्यौट गर्ने गराउने

ढ. पुनर्बीमितलाई पुनर्बीमकको ख्याति र रेटिङ बारे जानकारी तथा परामर्श दिने

ण. पुनर्बीमा दलालले गर्ने अन्तर्राष्ट्रिय अभ्यास अनुसारका अन्य कार्यहरु गर्ने गराउने

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS