Connect IPS
IME Life

मर्जर पछि हिमालयन एभरेष्टको शेयर ५०९ रुपैयाँमा कारोबार, मूल्यमा लगातार गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन र एभरेष्ट इन्स्योरेन्सको सफल मर्जर पछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार ५०९.६० रुपैयाँमा भएको छ । नेप्सेले ओपनिङ प्राइस ५१०.४८ रुपैयाँ दिएको थियो । तर पहिलो कारोबार सँगै कम्पनीको शेयर मूल्यमा लगातार गिरावट भइरहेको छ ।

हिमालयन जनरलको कारोबार रोक्का हुनुभन्दा अगाडी ५२० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर ५०० रुपैयाँमा कारोबार भएको थियो । हिमालयन र एभरेष्ट विचमा एक बराबर ०.८५ को अनुपातमा मर्जर हुँदा एभरेष्टका शेयरधनीको १५ प्रतिशतले शेयर संख्या घटेको छ ।

Prabhu
Crest

आजको पहिलो कारोबार दिनमै यो समाचार तयार पार्दासम्म ४० रुपैयाँले घटेर ४७० रुपैयाँमा झरेको छ । सफल मर्जर पछिको दोस्रो बजारको कारोबार भने दुबै कम्पनीका लागि दुखद भएको छ । कम्पनीको शेयर मूल्य अझै तल झर्ने क्रम जारी छ । तुलनात्मक रुपमा अन्य बीमा कम्पनीको शेयर मूल्य पनि धेरै तल झरेका कारण यसको शेयर मूल्यमा पनि गिरावट आएको हो ।

कम्पनीका शेयरधनीहरुले तीन महिना चार दिन पछि दोस्रो बजारमा कारोबार गर्न पाएका छन् । दुई कम्पनीको शेयर कारोबार पछिल्लो समय बैशाख २२ गते भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS