IME Life New

एनलएलजीको बीमा प्रडक्टहरूको ओएसआर फिन्टेकले मार्केटिङ गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गरेका हुन्।

Esewa
Crest

समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रूपमा एनलएलजीको बीमा प्रडक्टहरूका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रूपमा उक्त कम्पनीको प्रडक्टहरूको मार्केटिङ गर्नेछ।

एग्रेगेटर सेवाका लागि फिन्टेकले बीमा मार्केट डटकम नामको वेबसाइट सुरू गर्दैछ। ओएसआर फिन्टेक नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो। यसमार्फत ग्राहकले हरेक बीमा लेखको विस्तृत विवरण बुझ्न सक्नेछन्।

यसमा रियल टाइम क्लेम सुविधा उपलब्ध छ। यसले बीमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४सैं घण्टा कल सेन्टरको व्यवस्था गरेको छ। यसमार्फत खरिद(बिक्री र दाबीमा तुरुन्तै पहुँच स्थापित गर्न सकिने कम्पनीको भनाइ छ। कम्पनीले लघु बीमालाई समेत लक्ष्य बनाएको बताएको छ।

समझदारीअनुसार एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ। त्यसैगरी एलजीका पोलिसीहरूको खरिद(बिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउनेछ।

ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बीमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग पनि गर्ने कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS