IME Life New

नेपालमा कति वटा बीमा कम्पनी आवश्यक छ ? समितिले यसै वर्ष अध्ययन गर्दै !!!

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले नेपालमा कति वटा बीमा कम्पनीको आवश्यकता रहेको छ भन्दै अध्ययन गर्ने भएको छ । बीमा समितिले चालु आर्थिक वर्ष २०७९/८० मा यस विषयमा अध्ययन गर्ने अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए ।

उनले भने ‘हामी के कुरामा एकिन छैनौ भने नेपालको भुगोलमा कति वटा निर्जीवन बीमा कम्पनी ठिक हुन्छ र कति वटा जीवन बीमा कम्पनी ठिक हुन्छ अर्थात अधिकतम कति संख्यामा उपयुक्त हुन्छ भन्ने अध्ययन गरेका छैनौ ।’  सिलवालले थपे ‘यहाँ म विश्वास दिलाउछु यो वर्ष त्यो अध्ययन हुन्छ ।’

Esewa
Crest

भुगोल तथा जनसंख्याका आधारमा भारतको तुलनामा नेपालमा बीमा कम्पनीको संख्या अत्याधिक रहेको भन्दै चर्को विरोध हुने गरेको छ । नेपाल जस्तो सानो मुलुकमा पनि २० वटा जीवन र १९ वटा निर्जीवन बीमा कम्पनी धेरै भएको भन्ने गुनासो पछि बीमा समितिले मर्जरको नीति लिएको अध्यक्ष सिलवालले बताए ।

बीमा कम्पनीको संख्याको विषयमा धेरै अगाडी अध्ययन हुनु पर्थ्यो त्यो हुन सकेन । जसले गर्दा एउटा सरकारले मनलाग्दी बीमा कम्पनीको लाइसेन्स दिने अर्को सरकारले मर्जरको नीति लिने गरेको छ । बीमा समितिमा जहिले पनि अध्यक्ष आउने वित्तीकै अव यो अध्यक्षले कति वटा बीमा कम्पनीको लाइसेन्स ल्याउने हो भन्ने चर्चा मात्रै हुने गरेको भन्दै अध्यक्ष सिलवालले यस विषयमा अध्ययन आवस्यक रहेको बताए ।

बीम कम्पनी धेरै हुने वित्तीकै नेपाल जस्तो सानो भुगोल र जनसंख्या भएको मुलुकमा बीमा कम्पनीको संख्या जति धेरै बढे पनि व्यवसाय बढ्न सक्दैन । जसले गर्दा बीमा कम्पनीहरु विचमा व्यवसाय खोसा खोस गर्ने क्रम बढ्छ । यहि अस्वस्थ प्रतिस्पर्धाले डोजरको बीमा पनि २ रुपैयाँमा हुने गरेको अध्यक्ष सिलवालको भनाइ रहेको छ । त्यसैले यसको अध्ययन आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS