Connect IPS
IME Life

एभरेष्ट इन्स्योरेन्सको केन्द्रिय कार्यालय १५ करोडमा बिक्री, खरिदकर्ता लक्ष्मी बैंक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको संयुक्त लगानीमा रहेको केन्द्रिय कार्लालय १५ करोड रुपैयाँमा बिक्री गरेको छ । कम्पनीले काठमाडौं महानगरपालिका वडा नं. १ हात्तीसारमा रहेको भवनमा आफ्नो स्वामित्व जति बिक्री गरेको हो । कम्पनीले गत बैशाखमा बिक्रीका लागि सार्वजनिक सूचना जारी गरेको थियो । एभरेष्ट इन्स्योरेन्सको नाममा रहेको उक्त सम्पत्ती लक्ष्मी बैंकले खरिद गरेको हो । लक्ष्मी बैंकले आज नेप्सेलाई उक्त भवन खरिद गरेको जानकारी दिएको छ ।

संयुक्त लगानीमा रहेको उक्त भवन ८ वटा कित्तामा छ । ६ वटा कित्ता ६४७७.०३ वर्ग फिट अर्थात १८ आना ३ पैसा जति जग्गा छ । जस मध्ये कम्पनीको हिस्सा १४१० वर्ग फिट अर्थात ४ आना जति रहेको थियो । त्यस्तै अर्को २ कित्तामा रहेको १०६०९.७५ वर्ग फिट मध्ये कम्पनीको नाममा २३१०.८० फिट थियो । यस अन्तर्गत ३१ आना मध्ये ६.७४ आना कम्पनीको हक भित्र रहेको थियो ।

Prabhu
Crest

यहि जग्गामा निर्माण भएको भवनको दोस्रो तल्ला कम्पनीको नाममा रहेको थियो । दोस्रो तल्लाको क्षेत्रफल अन्दाजी ६९४० वर्ग फिट रहेको कम्पनीले जनाएको छ । यहि क्षेत्रफल बिक्रीका लागि कम्पनीले बोलकबोल लिलाम आह्वान गरेको थियो ।

हिमालयन जनरल इन्योरेन्स कम्पनी सँग मर्जरको संझौता गरे लगत्तै उक्त घर बिक्रीका लागि राखिएको थियो । हिमालयनको आफ्नै भवन भएकाले पनि आपसी सहमतिमा एभरेष्टको उक्त जग्गा तथा घर बिक्री गरिएको हो ।

dcfccfd07b9e2fd6240459eebde5b5b5

एभरेष्ट इन्स्योरेन्सले संयुक्त लगानीको केन्द्रिय कार्यालय रहेको भवन बिक्री गर्दै, दोस्रो तल्ला बिक्रीमा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS