काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा संस्थापक समुहबाट चार जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । संस्थापक समुहबाट विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी निर्वाचित भएका हुन् । आज सम्पन्न भएको वार्षिक साधारणसभाले उनिहरुलाई निर्वाचित गरेको हो । रेग्मी संस्थापक लगानीकर्ता लुम्बिनी विकास बैंकका प्रतिनिधि हुन् ।
कम्पनीको आज सम्पन्न भएको वार्षिक साधारण सभाले ९.५ प्रतिशत बोनस शेयर सहित १० प्रतिशत लाभांश पारित गरेको छ । सभाले कम्पनीका सञ्चालकहरुलाई मर्जर प्रकृयाँको लागि आवस्यक प्रकृयाँ अगाडी बढाउन अख्तियारी समेत दिएको छ ।
73fb63fdf581f50930bae52a028b70c7