Connect IPS
IME Life

बीमा समिति सुदूरपश्चिम प्रदेशद्वारा छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समिति सुदूरपश्चिम प्रदेशद्वारा निर्जीवन बीमा तथा कृषि बीमा सम्बन्धी छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारी तथा कर्मचारी बैकुण्ठ घिमिरेको उपस्थितिमा सम्पन्न भएको हो ।

निर्जीवन बीमा कम्पनीहरुका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख तथा क्षेत्रीय प्रमुख तथा धनगढीका शाखा प्रमुखहरुसँग निर्जीवन बीमा तथा कृषि तथा पशुपन्छी बीमा र लघु बीमा व्यवसाय सम्बन्धमा आवश्यक छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले सबै प्रमुखहरुलाई स्वागत तथा उपस्थितिका लागि धन्यवाद व्यक्त गरेका थिए ।

Prabhu
Crest

बीमा समितिले बीमा व्यवसायलाई प्रवद्र्धन र व्यवस्थित गर्नुका साथै सुदूरपश्चिम प्रदेशका आम नागरिकको सेवा सुविधाको लागि सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा आफ्नो प्रदेश कार्यालय स्थापना गरेको बारे जानकारी दिए ।

बीमा कम्पनीका प्रदेश प्रमुख तथा क्षेत्रीय प्रमुखहरुले बीमा समितिले यस सुदूरपश्चिम प्रदेशमा प्रदेश स्तरिय कार्यालय स्थापना गरेकोमा खुशी तथा धन्यवाद व्यक्त गरेका थिए । साथै हरेका परिस्थितिमा आफूहरु समितिसँगै हुने, बीमा सम्बन्धी आउने उतारचढावमा समेत साथ सहयोग गर्ने उनीहरुले बताएका थिए ।

उनीहरुले निर्जीवन बीमा तथा कृषि बीमा सम्बन्धमा राखेका जिज्ञासाहरु तथा समस्याको विषयमा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले स्पष्ट पारेका थिए । साथै प्रदेश कार्यालयबाट सम्पादन हुने मुख्य मुख्य कार्यहरुको बारेमा पनि जानकारी गराएका थिए ।

२०७९ आषाढ २३ गते सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय धनगढीमा बसेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना सम्बन्धी बैठकमा छलफल भएका बिषय बारे पनि जानकारी गराएका थिए । उक्त बैठकमा बीमा कम्पनीहरुले कृषि बीमा गर्न गारो मान्छन भन्ने गुनासो आएको बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

उनले बीमा कम्पनीहरुलाई कृषि तथा पशुपन्छी बीमा गर्न जिल्ला बाँडफाँड गरिएकोले आफ्नो भागमा परेकाजिल्लाहरुमा अनिवार्य बीमा गर्न र अन्य कम्पनीहरुलाई पनि बीमा गर्न निर्देशन दिएका थिए । बीमा दावी सम्बन्धमा पनि गुनासोहरु सुनिन आएकोले त्यस तर्पm गम्भिर हुन आग्रह गरेका थिए । निर्जीवन बीमा कम्पनीका धनगढी प्रमुखहरुलाई आफुले गर्नु पर्ने कार्यहरु छिटो छरितोका साथै व्यवस्थित ढगंबाट सम्पादन गर्न निर्देशन दिएका थिए ।

यसका साथै कुनै पनि बीमितहरु आफ्नो गुनासा तथा समस्याहरु लिएर बीमा समितिमा आउने वातावरण नबनाउन पनि निर्देशन दिएका थिए । सोही अवसरमा बीमा समितिबाट जारी भएका ट्यारिफहरु तथा निर्देशिकाहरुभित्र रहेर बीमा गर्न आग्रह गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS