IME Life New

बीमा क्षेत्रमा पहिलो सफल मर्जर, ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को साउन एक गतेदेखि एकिकृत कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको बीमाको इतिहासमा हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीले पहिलो पटक मर्जर गर्न सफल भएको छ । यस भन्दा अगाडी मर्जरको सहमति गरेर भाडिएका धेरै उदाहरण छन् । तर हिमालयन र एभरेष्टले साउन एक गतेदेखि सफल मर्जर सँगै एकिकृत कारोबार गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेका छन् ।

अव साउन एक गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत निर्जीवन बीमा सेवा कारोबार संचालन हुनेछ । दुबै कम्पनीले असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए ।

Esewa
Crest

साधारणसभाले मर्जरको प्रस्ताव पारित गरे सँगै बीमा समितिले असार ८ गते अन्तिम स्वीकृतिपत्र प्रदान गरेको थियो । सोही सन्दर्भमा नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट गाभ्ने र गाभिने संस्थाको गाभ्ने गाभिने मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पुर्ण सम्तप्ती र दायित्वहरु नयाँ बन्ने कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले स्वीकार गर्ने गरी गत असार २३ गते स्वीकृतीपत्र प्राप्त गरेको थियो ।

सम्पुर्ण निकायबाट स्वीकृति पाए सँगै संयुक्त मर्जर समितिको असार २४ गतेको निर्णयले मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट साउन एक गतेदेखि निर्जीवन बीमा सेवाको एकिकृत कारोबार संचालन गरिने निर्णय गरेको थियो ।

हिमालयन र एभरेष्ट विचमा एक बराबर ०.८५ को अनुपातमा मर्जर भएको हो । मर्जर सँगै एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुको शेयर १५ प्रतिशतले घट्नेछ भने हिमालयनको यथावत रहनेछ । अव हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षसम्मको मुनाफा तथा जगेडा कोषबाट बोनस शेयर दिएर कम्पनीले सजिलै २ अर्ब ५० करोड रुपैयाँ पूँजी जुटाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS