IME Life New

आइएमई जनरलका ग्राहकले ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिक प्रा.लि. बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुले ग्यालेक्सी स्पेस्यालिटी क्लिनिक महाराजगंज, काठमाण्डौँबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन् ।

Esewa
Crest

क्लिनिकले प्रदान गर्ने सेवाहरु जस्तै : एक्स–रे, युएसजी, इसीजी, इसीएचओ लगायतका सेवाहरुमा १० प्रतिशत र ओपिडि सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने क्लिनिकले जनाएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी दिएका छन् । ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS