काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आजदेखि संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही ब्याक्ति, कम्पनी, संघ संस्थाहरुले असार ८ गते कार्यालय समय सम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
उक्त शेयरको मूल्य न्यूनतम ३५० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।