काठमाडौं । कर्णाली प्रदेश सरकारले कर्णाली बासीले कृषि तथा पशुपन्क्षी बीमा गराएमा १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७९/ ८० को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले उक्त जानकारी दिएका हुन् ।
प्राकृतिक प्रकोप तथा विभिन्न रोगका किराबाट बालीनाली तथा पशुपन्क्षीमा हुने क्षतिलाई परिपूर्ण गर्न कृषि तथा पशुपन्क्षी बीमा गराउँदा प्रदेश सरकारले बीमा प्रिमियमको १० प्रतिशत अनुदान उपलब्ध गराउने अर्थमन्त्री विष्टले बताए ।