Connect IPS
IME Life

राष्ट्रिया बीमा कम्पनी कर्मचारी संघको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा अधिकारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिया बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको हकहितलाई सुनिश्चित गर्न गठन गरिएको कर्मचारी संघको चौथो केन्द्रिय अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । होटल एल्लो प्यागोडामा आयोजित उक्त अधिवेशन सुजिता शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

जेठ २८ गते सम्पन्न चौथो अधिवेशनबाट डम्बर अधिकारीको अध्यक्षतामा पाँच पदाधिकारी सहित २३ सदस्यीय कमिटि चयन गरिएको उपाध्यक्ष रविन्द्र थापाले बताए । अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र थापा, महासचिवमा गोमा अर्याल, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा रविन्द्र कुमार कार्काी चयन भएका छन् । साथै १५ केन्द्रिय सदस्य चयन भइसकेका छन् भने तीन जना सदस्य थप्न बाँकी रहेको उपाध्यक्ष थापाको भनाई छ ।

Prabhu
Crest

चौथो अधिवेशनबाट उपाध्यक्ष पदमा चुनिएका थापाले आउँदो दिनमा कर्मचारीहरुको पेशागत हकहितका लागि काम गर्ने बताए । आगामी दिनमा कर्मचारीहरुको पेशागत हकहित र संगठनको उन्नति प्रगतिका लागि व्यवस्थापन र अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।

अधिवेशनमा राष्ट्रिया बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS