Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको साधारण सभा भोलि, कहिलेसम्म शेयर किन्नेले पाउँछन् ११% बोनश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा भोलि जेठ ३० गते सोमवार हुने भएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ । उक्त पूँजीको आधारमा १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस शेयर र ७१ लाख ९२ हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।

साथै सभाले संस्थापक शेयरधनीहरुबाट दुई जना र सर्वसाधारण शेयरधनीहरुबाट दुई जना गरी चार जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गरेको हो । बुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS