IME Life New

अब बचत खातामा रु पाँच लाखसम्म पूर्ण सुरक्षित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले गरेको बचतको पाँच लाख रुपैयाँसम्मको निक्षेपको पूर्ण सुरक्षाको ग्यारेन्टी गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको लागी सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् संचालित सुरक्षण कार्यक्रम अन्तर्गत पाँच लाख रुपैयाँसम्मको निक्षेपको सुरक्षाको ग्यारेन्टी गर्ने घोषणा गरेको हो ।

 

Esewa
Crest

हाल नेपाल राष्ट्र बैंकको अगुवाईमा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् प्रति व्यक्ति ३ लाख रुपैयाँसम्मको निक्षेपको सुरक्षाको प्रत्याभूती गरिएको छ । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था कुनै कारणले वित्तीय संकटमा फँसेमा वा खारेजीमा गएमा कुनै पनि व्यक्तिले जम्मा गरेको निक्षेपको तीन लाख रुपैयाँसम्म फिर्ता दिने छ ।

अर्थात् तपाईले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स(सहकारी होइन), लघु वित्तीय संस्थामध्ये कुनै एउटामा आफ्नो खातामा जम्मा गरेको रकममध्ये बढीमा तीन लाख रुपैयाँसम्म पूर्णरुपमा सुरक्षित रहने ग्यारेन्टी गरिएको छ । यसर्थ आफूसँग निक्षेपवापत राख्नको लागी ठूलो रकम छ भने एउटै बैंक वा वित्तीय संस्थामा जम्मा गर्नुभन्दा फरक फरक बैंक तथा वित्तीय संस्थामा राख्दा बढी सुरक्षित हुन्छ ।

 

अब पाँच लाख रुपैयाँसम्मको निक्षेप सुरक्षाको ग्यारेन्टी गर्ने प्रावधान भएपछि बचत खाता वा मुद्दती निक्षेपमा रहेको पाँच लाख रुपैयाँसम्मको रकम नडुब्नेमा बचतकर्तालाई ढुक्क बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS