IME Life New

अजोड इन्स्योरेन्समा खत्रीको पुनः नियुक्ति बीमा समितिबाट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको पुनःनियुक्तिलाई बीमा समितले स्वीकृत गरेको छ । कम्पनीको संचालक समितिको बैशाख १५ गते बसेको १०४ औं बैठकको निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो । सोही अनुरुप समितिले उनलाई ४ वर्षको लागि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

उनको दोस्रो कार्यकाल थप स्वीकृतिका लागि बीमा समितिमा पेश भएअनुसार समितिबाट जेठ ९ गते पत्र प्राप्त भई पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेका कम्पनीले जनाएको छ ।

Esewa
Crest

त्रिभुवन बिश्वबिद्यालयबाट ब्यबस्थापन शंकायमा स्नाकोत्तर गरेका खत्रीले नेपाल इन्स्योरेन्स कम्पनीको अधिकृतपदबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए । दुई दशक भन्दा बढी इन्स्योरेन्स क्षेत्रमा काम गरिसकेका खत्रीले नेपाल इन्स्योरेन्स, एन बि इन्स्योरेन्स, आइएमइ जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ब्यबस्थापकीय तहमा रहेर काम गरिसकेको बीमा क्षेत्रमा लामौ अनुभव रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS