IME Life New

बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा योगदान पुगोस् भन्ने समितिको चाहना हो: अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पूँजी बढाउनै पर्ने बताएका छन् ।

बीमा समितिको आयोजनामा बिहीबार (हिजो) काठमाडौंमा आयोजित बीमकको पूँजी बृद्धि सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भने, “बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पूँजी बृद्धिको निर्णय गरेको हो । बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।”

Esewa
Crest

पूँजी बढाउन सक्ने बीमा कम्पनीले बढाउनुपर्ने र  नसक्नेले विकल्पहरु खोज्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको हो, बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो । समितिले जारी गरेको जोखिममा आधारित पूँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पूँजी आवश्यक पर्नसक्छ ।”

अध्यक्ष सिलवालले भने, “बीमा कम्पनी पूर्ण क्षमतामा चल्नुपर्यो । दाबी भुक्तानी हुनुपर्यो । कम्पनीको मुनाफा बढ्नुपर्यो । देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुग्नु पर्यो । स्थानीय तहमा बीमाका लागि पर्याप्त स्रोत र संभावना पनि छ, त्यहाँ कम्पनीहरु जानुपर्यो । शाखा कार्यालयहरू स्रोत साधनले सम्पन्न हुनुपर्यो ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा करिव करिव सबै बीमा कम्पनीबाट पूँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको जानकारी दिदै पूँजी बृद्धिका लागि कतिपयले हकप्रद शेयर, कतिपयले बोनश शेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेको जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीको सङ्ख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको औंल्याउदै बीमा बजारलाई मर्यादित, सुशासित र दीगो बनाउने उद्देश्यले पूँजी बृद्धिको निर्णय भएको बताए ।

कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनीले बीमकको पूँजी बृद्धि सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

बीमा समितिका निर्देशक दिनेश कुमार लालले कार्यक्रमको सञ्चालन गरेका थिए । बीमा समितिका निर्देशकहरु कमलप्रसाद रेग्मी र पूजन ढुङ्गेल (अधिकारी) र सबै निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी तथा प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS