IME Life New

बीमा कम्पनी फोर्स मर्जरमा जाँदा १२ हजार कर्मचारीको भविष्य के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक पूँजीलाई दोब्बर बनाउने निर्देशन जारी गरेसँगै बीमा क्षेत्रको जनशक्ति पनि तनावमा छन् । एक वर्षभित्र दोब्बर चुक्ता पूँजी पुर्याउन नसक्ने बीमा कम्पनीलाई बाध्यकारी मर्जरमा जान (दुई वा दुईभन्दा बीमा कम्पनी आपसमा मिल्न) वा अर्को कम्पनीमा गाभिनको लागी बीमा समितिले औपचारिकरुपमै आग्रह गरिसकेको छ । यो दुबै विकल्पका कारण बीमा कम्पनीहरुको संख्या कटौती हुने निश्चित छ ।

अधिकांश बीमा कम्पनीहरुको पर्याप्त शाखा संजाल र प्रधान कार्यालयमा समेत पर्याप्त जनशक्ति कार्यरत हुँदा बीमा कम्पनीको संख्या खुम्चिंदा कर्मचारी संख्या कटौती वा समायोजनको विषय प्रमुखरुपमा देखा पर्ने भएको छ ।बैंक वा वित्त कम्पनी जस्तो बीमा कम्पनीमा धेरै जनशक्ति हुँदैन । अधिकांश बीमा कम्पनीको प्रधान कार्यालयमा एउटा विभागमा दुई देखि बढीमा चार जना जनशक्ति कार्यरत हुन्छ । शाखा कार्यालयमा पनि औसतमा दुईदेखि चारजनासम्म मात्र जनशक्ति कार्यरत हुन्छन् ।

Esewa
Crest

यस्तो अवस्थामा एकै भूगोलमा शाखा,उपशाखा कार्यालय संजाल रहेका बीमकबीच मर्जर भएको अवस्थामा जनशक्ति अधिक हुनजान्छ । र, फलस्वरुप यस्तो जनशक्तिलाई कार्यालयभित्रको प्रशासनिक काम भन्दा पनि जीवन बीमा बिक्री गर्ने कार्यको लागी व्यवस्थापनले दबाब दिन सक्ने संभावना उच्च छ ।

बीमा समितिले जीवन र निर्जीवन दुबै बीमा कम्पनीले हालको नियामकीय चुक्ता पूँजीलाई एक वर्षभित्रै दोब्बर पार्नुपर्ने बाध्यकारी प्रावधान लागू गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावका कारण लगानीको रकम जोहो गर्न संस्थापकहरुलाई सहज छैन । पहिलो चरणमा पूँजी वृद्धि योजना मागेको बीमा समितिले बीमा कम्पनीहरुलाई संस्थापकहरुबाट थप पूँजी लगानी, मुनाफाबाट बोनश शेयरमार्फत् तोकिएको पूँजी वृद्धि गर्न नसके मर्ज(दुई वा दुईभन्दा बीमा कम्पनी आपसमा मिल्न) वा ठूलो पूँजी लगानी गर्न सक्ने बीमा कम्पनीले सानो पूँजीको अर्को बीमा कम्पनीलाई खरिद गरेर गाभ्ने विकल्प रोज्न औपचारिकरुपमै आग्रह गरी सकेको छ ।

बीमा समितिका अनुसार गत चैत्र मसान्तसम्ममा बीमा क्षेत्रमा ११ हजार ८ सय ४६ जना प्रत्यक्ष रोजगाररत छन् । यो आंकडा बीमा अभिकर्ताहरुको संख्या जोडिएको छैन । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा यो चैत्र मसान्तसम्ममा रोजगाररत जनशक्तिको संख्यामा १२ प्रतिशतले वृद्धि भएको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी हालको २ अर्बबाट पाँच अर्ब र निर्जीवन बीमाको १ अर्बबाट २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । समितिका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुको कूल चुक्ता पूँजी ३८ अर्ब २१ करोड र निर्जीवन बीमा कम्पनीहरुको कूल चुक्ता पूँजी १९ अर्ब २८ करोड रहेको थियो ।

बीमा कम्पनीहरुको हालको कूल चुक्ता पूँजी ६४ अर्ब ३८ करोड ८० लाख ४ हजार रुपैयाँ रहेको छ । नयाँ प्रावधान अनुसार आगामी चैत्र मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कूल ७५ अर्ब ६१ करोड १९ लाख ६० हजार रुपैयाँ पूँजी जुटाउनुपर्नेछ । यो आँकडामा भारतीय बीमा कम्पनीको शाखा कार्यालयकोरुपमा संचालन भइरहेका ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र अमेरिकी कम्पनी मेट लाईफले जुटाउनुपर्ने जगेडा पूँजी समावेश गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS