IME Life New

बीमा सर्भेयरले प्रतिवेदन बुझाएपछि समयमै सर्भे फी भुक्तानी गर्नु : बीमा समिति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।

बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग बिहिबार (हिजो) काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भने, “बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भयो भने बीमा बजारमा विश्वास बढ्छ र बीमाको दायरा समेत बढ्छ ।”

Crest

“प्रत्येक वर्ष बीमाको कारोवार बढ्दै गएको छ, जोखिमका प्रकार बढ्दै छन्, बीमाको दाबी बढेको छ, बीमा सर्भेयर क्षति मूल्यांकनका लागि समयमा नगएका धेरै गुनासा आएका छन्, सर्भेयरको व्यवहार राम्रो भएन भन्ने पनि गुनासा छन्” अध्यक्ष सिलवालले भने, “बीमा सर्भेयरले आफूले लिएको क्षति मूल्याङ्कनको जिम्मेवारी समयमा नै पूरा गर्नु पर्यो, बीमा कम्पनीले पनि बीमा दाबी भुक्तानी र बीमा सर्भेयरको फी ढिलाई नगरी भुक्तानी गर्नु पयो, पशु मर्यो, बाली बिग्रियो बीमा रकम पाइएन भन्ने गुनासा आउनु भएन, पीडितले समयमा नै बीमा रकम पाउनु पर्यो, कमी कमजोरीलाई सुधारेर अगाडि बढ्नु पर्यो ।”

आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बीमा क्षेत्र सवभन्दा अगाडि हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले देशका हरेक नागरिकले बीमाबाट प्रतिफल पाउन सकून् र बीमा जोखिमको बेलाको साथी बनोस् भनेर बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन र त्सस अनुसार प्रदेश तथा स्थानीय तहमा बीमा नीति निर्माण गर्न पहले गरे अनुसार त्यसले सार्थकता पाउन थालेको बताए ।

अन्तरर्क्रिया कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरहरू स्वतन्त्र भएकाले स्वतन्त्ररूपले क्षति मूल्यांकन प्रतिवेदन तयार गरी छिटोभन्दा छिटो बीमा कम्पनीमा बुझाउनुपर्ने बताए ।

कार्यकारी निर्देशक पौडेलले बीमा सर्भेयरले क्षति मूल्याकनको पूर्ण प्रतिवेदन बुझाउन समय लाग्ने भए तत्काल प्रारम्भिक प्रतिवेदन बीमा कम्पनीमा बुझाउनुपर्ने उल्लेख गर्दै बीमा सर्भेयरले प्रतिवेदन बुझाएपछि समयमै सर्भे फी पनि भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरे ।

बीमा समितिका उपनिर्देशक विरोध भट्टले बीमा सर्भेयर सम्बन्धी व्यवस्था बारेको जानकारीमूलक प्रस्तुती दिएको कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री र बीमा सर्भेयर संघ, नेपालका अध्यक्ष मोहनपुरूष ढकालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बीमा समितिका निर्देशकहरू कमल प्रसाद रेग्मी, सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) र दिनेश कुमार लाल, निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरू तथा बीमा सर्भेयर संघ, नेपालका वर्तमान तथा निवर्तमान पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS