IME Life New

नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले प्रभु इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले प्रभु इन्स्योरेन्सको ११ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

Esewa
Crest

समायोजन पश्चात प्रभु इन्स्योरेन्सको शेयरमूल्य ७४३ रुपैयाँ २४ पैसा कायम भएको छ भने आरम्भ चौतारीको १ हजार ११६ रुपैयाँ ८६ पैसा र सिद्धार्थ इन्स्योरेन्सको ८९१ रुपैयाँ ३० पैसा कायम भएको छ।

प्रभु इन्स्योरेन्सको अघिल्लो कारोबारको दिन शेयर प्रतिकित्ता ८२५ रुपैयाँको आधारमा आरम्भ चौतारीको अघिल्लो कारोबारको दिन १ हजार ३३६ रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको अघिल्लो कारोबारको दिन १ हजार २५ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS