Connect IPS
IME Life

नेको इन्स्योरेन्सका सिइओ खड्काको वार्षिक तलब सुविधा एक करोड ४० लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले वार्षिक एक करोड ४० लाख २४ हजार २५५ रुपैयाँ बुझेका छन् । खड्काले आर्थिक वर्ष २०७७/७८ मा वार्षिक तलब भत्ता तथा अलाउन्सेस बापत ६२ लाख ७५ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै मुनाफाबाट कर्मचारी बोनस बापत २९ लाख २६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

Prabhu
Crest

सिइओ खड्काले इन्सेटिभ मात्रै ४२ लाख ३९ हजार ३०६ रुपैयाँ बुझेका छन् । यस आर्थिक वर्षमा कम्पनी निर्जीवन बीमा व्यवसायमा पहिलो भएको थियो । व्यवसायका साथै मुनाफामा पनि उल्लेख्य प्रगति हुँदा खड्कालाई कम्पनीले राम्रो इन्सेन्टिभ तथा नियम अनुसार कर्मचारी बोनस रकम दिएको छ ।  अघिल्लो वर्षमा खड्काले इन्सेन्टिभ बापत जम्मा ७ लाख ६७ हजार रुपैयाँ मात्रै प्राप्त गरेका थिए । अघिल्लो वर्षमा खड्काले तलब सुविधा सहित जम्मा ९४ लाख २० हजार रुपैयाँ बुझेका थिए ।

कम्पनीले खड्कालाई गत वर्ष तलब भत्ता तथा इसेन्सेटिभ बाहेक दुर्घटना बीमा र स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गरिदिएको छ । कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले तलब भत्ता तथा अन्य सुविधा सहित एक करोड ८७ लाख रुपैयाँ बुझेका छन् । गत वर्ष सञ्चालकहरुले बैठक भत्ता बापत १३ लाख ८० हजार रुपैयाँ बुझेका छन् ।

कम्पनीले आज २६ औ वार्षिक साधारणसभा सम्पन्न गर्दैछ । सभाले शेयरधनीहरुका लागि भने १५ प्रतिशत बोनस शेयर पारित गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS