IME Life New

सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारणसभा, म्युचुअल फण्ड निष्काशन गर्ने सहित यस्ता छन् विशेष प्रस्तावहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चैत ३० गते बीसौ वार्षिक साधारणसभा डाकेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । त्यस्तै प्रबन्ध पत्रको दफा ५ को ख मा रहेको पूँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्नेछ । नियमावलीको नियम ५ को ख र घ मा रहेको पूँजी सम्बन्धी व्यवस्थालाई संशोधन गर्नेछ ।

प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्देश्य अन्तर्गत सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने गराउने व्यवस्था थप गर्ने विशेष प्रस्ताव साधारणसभामा स्वीकृतिका लागि पेश गर्नेछ । यो प्रस्ताव पास भए सँगै कम्पनीले म्युचुअल फण्ड निष्काशन गर्न सक्ने छ ।

Esewa
Crest

निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी सँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्नेछ । नियमावलीको नियम २८ को उप नियम एकमा रहेको सञ्चालकलाई प्रदान गरिने बैठक भत्ता सम्बन्धी व्यवस्थालाई संशोधन गरी बैठक भत्ता बृद्ध गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण, तथा अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । चैत १६ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS