Connect IPS
IME Life

अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग बाणिज्य संघबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भक्तपुर उद्योग बाणिज्य संघ र अजोड इन्स्योरेन्स कम्पनीबीच आपसी सहयोग सम्बन्धी सम्झौता भएको छ । दुई संस्थाहरुबीच भविष्यमा संघका सदस्यहरुलाई सरलिकृत र सहज रुपमा निर्जीवन बीमा सेवा उपलब्ध गराउन सम्बन्धि सम्झौतापत्रमा सहमती भएको हो ।

सम्झौतापत्रमा संघका अध्यक्ष शिव प्रसाद मानन्धर तथा अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

कार्यक्रमका सहभागीहरुलाई संघका अध्यक्ष शिवप्रसाद मानन्धरले यस समझदारीबाट संघका सदस्यहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्नसक्ने बताएका छन् । उनले उद्योग व्यवसाय सञ्चालन गर्दा आउनसक्ने विभिन्न दूर्घटनाको अवस्थाहरुबाट राहत पाउनको लागि बीमा अपरिहार्य रहेको बिचार समेत व्यक्त गरे ।

कार्यक्रममा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर जिल्लाका उद्यमी व्यवसायीहरुसंग सहकार्य गर्न यस समझदारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । छोटो समयावधीमै उत्कृष्ट दशमा पर्न सक्षम यस कम्पनीले आफ्नो सेवामा कुनै कसर नछोड्ने पनि उनले बताएका छन् ।

उक्त अवसरमा इन्स्योरेन्स कम्पनीका कामु सहायक महाप्रबन्धक डोरिन्द्र राज दहालको बर्तमान परिप्रेक्षमा वीमाको महत्व र यसको आवश्कताबारेमा प्रकाश पारेका थिए भने बीमाका विभिन्न प्रकृयाहरुबारे पनि जानकारी गराए ।

सोही कार्यक्रममा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा” बिषयमा अन्तरक्रिया समेत भएको थियो । कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गोसाईले कार्यक्रमको महत्व र उद्यमी व्यवसायीहरुको लागि बीमाको आवश्यकतालाई मध्यनजर गरी यस अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए ।

कायृक्रममा करिब ८० भन्दा बढी उद्यमी व्यवसायी लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रोशनी मैँया धौवन्जाले पनि बीमा सम्बन्धी आफ्नो धारणा राखेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS