काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्न पाउने छन् । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले पाउने छन् । कम्पनीको लाभांश विगतका वर्षका तुलनामा सर्वाधिक कम हो ।