IME Life New

प्रिमियर इन्स्योरेन्सले बढायो बोनश शेयर, माघ २१ गते आब्हान गर्यो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले माघ २१ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि साभामा पेश गरिने भएको छ ।

Esewa
Crest

समितिले जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशन जारी गरेपछि कम्पनीहरुलाई नगद लाभांशभन्दा पनि बोनशमा जोड दिन तथा कर प्रयोजनको लागि बाहेक नगद लाभांश बितरण गर्ने रोक लगाएपछि कम्पनीले नगद लाभांशलाई बोनश नै बढाएर दिने भएको हो । कम्पनीले यस अघि ७ दशमलव ५ प्रतिशत बोनश र ७ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

सभाले संचालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७८१/७९ को लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने, कम्पनीको नियमावली संशोधन गर्ने बारे तथा निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण माघ ४ गतेसम्म कायमं शेयरधनीलेमात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS