IME Life New

आइएमई जनरलको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट २०७७ मंसिर १५ गते जारी निर्देशिका २०७७ बमोजिम उक्त तालिम सम्पन्न गरेको हो ।

कम्पनीले २०७८ पुस २५ देखि पुस २८ गते सम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको हो ।

Esewa
Crest

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
उक्त तालिममा देशभरबाट उत्सहाजनक सहभागिता रहेको थियो । यसबाट बीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS