IME Life New

बीमा कम्पनीहरुको जोखिममा आधारित पूँजी के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् १९८० देखि ९० को दशकमा अमेरिकी बीमा कम्पनीहरु उच्च वित्तीय जोखिमको कारण टाट पल्टिने अवस्था आयो । यस्तो अवस्थापछि विज्ञहरुले परम्परागत पूँजीको आधारमा बीमा कम्पनीले दीर्घकालसम्म जोखिम बहन गर्ने क्षमता राख्न सक्दैन भन्ने निष्कर्ष निकाले । यही निष्कर्षको आधारमा बीमा क्षेत्रमा पनि स्थिर पूँजीको साटो जोखिममा आधारित पूँजीको अवधारणा ल्याइयो ।

अमेरिकी महालेखा नियन्त्रकको कार्यालयले सन् १९९२ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सन् १९७५ देखि १९९० सम्ममा संकटग्रस्त घोषित १७६ वटा जीवन तथा स्वास्थ्य बीमकहरुमध्ये ८० प्रतिशत बीमक १९८२ पछि संकटग्रस्त हुन पुगेको उल्लेख छ ।

Esewa
Crest

बीमा कम्पनीहरुले बहन गर्ने दृश्य र अदृश्य दुबैखाले जोखिम बहन गर्न परम्परागत पूँजी संरचना पर्याप्त नभएको निष्कर्ष सहित विश्व बैंकले दक्षिण एशियाली मुलुकको सरकारलाई जोखिममा आधारित पूँजी कार्यान्वयन गर्न दबाब दिइरहेको छ ।

विश्व बैंककै शर्तमा पहिलो दक्षिण एशियाली मुलुकको रुपमा श्रीलंकामा बीमा कम्पनीहरुको लागी जोखिममा आधारित पूँजी २०१७ देखि कार्यान्वयनमा आइसकेको छ । भुटानले सेप्टेम्बर २०१९ देखि रिस्क बेष्ड सोल्भेन्सी निर्देशिका लागू गरेको छ । भारतमा पनि यो कार्यान्वयनको चरणमा रहेको छ । विश्व बैंकले प्राविधिक सहयोग उपलब्ध गराउने शर्तमा नेपालमा पनि यो लागू गर्न आवश्यक गृहकार्य शुरु भइसकेको छ ।

बीमा ऐन अन्तर्गत इजाजत प्राप्त जीवन बीमकको न्यूनत्तम चुक्ता पूँजी रु. २ अर्ब र निर्जीवन बीमकको न्यूनत्तम चुक्ता पूँजी रु. १ अर्ब निर्धारण गरिएको छ । तर संचालनमा रहेका सबै १९ वटा जीवन बीमक र २० वटा निर्जीवन बीमकको कारोबारको आकार, व्यवसाय वृद्धिको संभावना, बजार विस्तार, जोखिमको आकार समान छैन । बजारको ३० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको लागी पनि रु. २ अर्ब र एकदमै झिनो अंश बोकेको कम्पनीको पनि रु.२ अर्ब चुक्ता पूँजी । यस्तो अमिल्दो अवस्था छ ।

अहिले पछिल्लो समयमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी भित्र आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको आंकलनसहित स्वयम् संचालक समिति नै कम्पनीको दैनिक संचालन र व्यवस्थापनमा सकृय भएको छ । दुई दशकभन्दा लामो समयदेखि संचालनमा रहेको कम्पनीको व्यवसायको आकार,पूँजी, लगानी, लगानीको जोखिम, संचालन खर्च लगायतको जोखिम बढ्दै जाँदा त्यहाँभित्रको जोखिमलाई सम्बोधन गर्नको लागी अहिलेकै पूँजी संरचना पर्याप्त हुँदैन । यसको लागी कम्पनीको जोखिमको वर्गिकरण गरेर त्यसै अनुरुप पूँजीको व्यवस्थापन गर्नुपर्ने आवश्यक हुन्छ ।

बीमकहरुको व्यवसायको प्रकृतिको आधारमा विद्यमान र संभावित जोखिमहरुको मूल्यांकन गरेर जोखिम बहन गर्न सक्ने पर्याप्त पूँजीको व्यवस्थापन जोखिममा आधारित पूँजीले गर्छ । यसको लागी पर्याप्त प्राविधिक ज्ञानको आवश्यक्ता अनिवार्य भएकाले नै अहिले नेपाली बीमकहरुले तत्कालै लागू गर्न समस्या हुने प्रतिकृया दिइरहेका छन् ।

स्थिर पूँजी र जोखिम आधारित पूँजी दुबैले जोखिम बहनमा मद्दत पुर्याउँछ । स्थिर पूँजी अन्तर्गत सबै कम्पनीले आफूसँग समान पूँजीको व्यवस्था गर्नुपर्छ । तर जोखिम आधारित पूँजीको अवधारणा अन्तर्गत पूँजीको निर्धारण कम्पनीले बहन गर्ने जोखिममा आधारित हुन्छ ।

जीवन बीमकहरुको जोखिममा आधारित पूँजी अन्तर्गत मुख्य चार प्रकारका जोखिम समावेश गरिएको हुन्छः

क) सम्पत्ति जोखिमः बीमकसँग भएको लगानीसँग निहित जोखिमलाई सम्पत्ति जोखिममा समावेश गरिएको हुन्छ । यस अन्तर्गत साधारण शेयर वा ऋण पत्रमा गरिएको लगानी डुब्न सक्ने जोखिम हुन्छ ।

ख)जोखिमांकन जोखिमः बीमालेखको प्रस्ताव स्वीकार्दा आइपर्न सक्ने संभावित अधिक जोखिम व्यहोर्नको लागी कम्पनीसँग भएको अतिरिक्त पूँजी ।

घ)ब्याज दर जोखिमः बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरमा हुने उतार चढावका कारण पर्न सक्ने जोखिम ।

ग) व्यवसायीक जोखिमः व्यवसायीक जोखिम अन्तर्गत कम्पनीको सामान्य वित्तीय अवस्था । यस अन्तर्गत सामान्यतया संचालन जोखिम, उदाहरणको लागी खराब व्यवस्थापनको कारण आइपर्न सक्ने संभाव्य घाटा वा नोक्सानी ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS