Connect IPS
IME Life

प्रिमियर इन्स्योरेन्स बन्यो एनपीआईमा जोडिने पहिलो निर्जीवन बीमा कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट गर्नका लागि नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध भएको छ । कम्पनीले उक्त प्रणालीमा आबद्ध हुनका लागि दुई कम्पनीबीचसम्झौता भएको छ ।

सम्झौता पछि प्रिमियर इन्स्योरेन्स कम्पनी एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बनेको छ ।

Prabhu
Crest

अब कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सकिने छ । यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने कम्पनीले जनाएको छ ।

यस प्रणालीमा जोडिएपछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा प्रिमियर इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्सको पनि महत्वपूर्ण भूमिका रहेको छ जसले प्रिमियर इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाईफ तथा नन–लाईफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् ।

साथै ७ लाईफ इन्स्योरेन्स कम्पनीहरु यस अघि नै एनपीआईमा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS