IME Life New

हिमालयन जनरलको कृषि तथा पशुपंक्षी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले मंसिर २ देखि ४ गतेसम्म बनेपामा काभ्रे र सिन्धुपलान्चोक जिल्लाका प्राविधिकहरुलाई लक्षित गरि कृषी तथा पशुपंक्षी बीमा क्षति मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त तीन दिनको प्रशिक्षण कार्यक्रममा काभ्रे र सिन्धुपलान्चोक तथा अन्य जिल्लाका २३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त तालिममा कृषी विभागका बरिष्ठ कृषि प्राविधिक अधिकृत शिवसुन्दर घिमिर (बाली बीमा फोकल पर्सन) र कृषी विभागका कृषि अर्थ विज्ञ लोकराज सुवेदी, बीमा समितीका सहायक निर्देशक प्रिती देव र कम्पनीमा कर्मचारीहरुले प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

प्रशिक्षण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यले सम्बोधन गर्दै प्रशिक्षार्थीहरुलाई बीमामा क्षति मूल्यांकनकर्ताको भूमिका अति गहन हुने भन्दै मर्यादित भएर बीमाको शर्त सुविधा तथा सिद्धान्तको अधिनमा रहि बीमितको हितलाई सर्वोपरी राखि आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गरेका थिए ।

कम्पनीले काभ्रे, सिन्धुपलान्चोक जिल्लाका साथै ललितपुर र बारा जिल्ला क्षेत्रमा कृषी तथा पशुपंक्षी बीमा सेवा प्रदान गर्ने जिम्मेवारी बीमा समितीबाट पाएको छ । यहि महिना भित्र ललितपुर र बारामा पनि कृषी तथा पशुपंक्षी बीमा क्षति मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने लक्ष्य लिएको छ । यस प्रशिक्षण पश्चात कृषी तथा पशुपंक्षी बीमा अन्तर्गत दाबीका सन्दर्भमा क्षति मूल्यांकन गर्न सहज हुनुका साथै यसबाट बीमीतलाई छिटोछरिटो दाबी भुक्तानी सेवा उपलब्ध हुनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले करिब १० हजार २ सय कृषी तथा पशुपंक्षी बीमालेख जारी गरि ९ करोड ६४ लाख बीमा शुल्क संकलन गरेकामा ६ सय ३४ वटा दाबी बापत ३ करोड भन्दा बढी दाबी भुक्तानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS