IME Life New

आइएमई जनरलको कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि तोकिएका जिल्लाहरु: सोलुखुम्बु र ओखलढुङ्गाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि तालिम दिएको जनाएको छ ।

उक्त तालिम कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा बीमा समितिको प्रतिनिधिको रोहवरमा सम्पन्न भएको हो । उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Esewa
Crest

क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिईएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS