काठमाडौं । आज २२३ वटा कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
हिमालयन डिस्टीलरीको ३० करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको २५ करोड ३१ लाख रुपैयााको शेयर कारोबार भएको छ । नविल बैंकको २४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको २१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।