IME Life New

नेप्से परिसुचक १०८ अंकले घटेर २,८१८ को विन्दुमा, कारोबार रकम ११ अर्ब २४ करोडमाथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १०८ अंकले घटेर २,८१८ दशमलव ७३ को विन्दुमा कायम भएको थियो । आज ६ वटा कम्पनीको शेयर मुल्य बढेको छ । १७९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज नेप्से सूचक ५ प्रतिशतले तल झरेपछि ४० मिनेटका लागि सस्पेण्ढेड गरिएको थियो । नेप्सेले एक बजेदेखि एक बजेर ४० मिनेटसम्मका लागि बजार बन्द गरेको हो ।

Esewa
Crest

आज २२३ वटा कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन डिस्टीलरीको ३० करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको २५ करोड ३१ लाख रुपैयााको शेयर कारोबार भएको छ । नविल बैंकको २४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको २१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानकिर्ताले ४ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले १ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।

आज १० कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत, वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS