काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५० दशमलव २८ अंकले घटेर २,९२६ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज २३ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १५८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् ।