काठमाडौं । नेप्सेमा स्वावलम्बन लघुवित्त र नागरिक लगानी कोषको बोनश शेयर सुचिकृत भएको छ । नेप्सेमा नागरिक लगानी कोषको २७ लाख कित्ता बोनश शेयर सुचिकृत भएको हो भने स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
स्वावलम्बन लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १९ दशमलव ००५६ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । नागरिक लगानी कोषले असार १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।
अब यी दुबै कम्पनीको बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।