काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले २ वटा जलविद्युत आयोजनाको शेयर खरिद गर्ने भएको छ। कम्पनीको आज भदौ १५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले संचालन गरेको सुपरमाई ए जलविद्युत आयोजना (९.६० मेगावाट) र माइखोला क्यास्केड आयोजना (३ मेगावाट) को शेयर खरिद गर्ने एक सुचना जारी गर्दै जनाएको छ ।
कम्पनीले सुपरमाई ए जलविद्युतको बहुमत शेयर ७६ दशमलव ५८ प्रतिशत र माइखोला क्यास्केड आयोजनाको शतप्रशित (१०० प्रतिशत) शेयर खरिद गर्ने जनाएको छ ।