IME Life New

ग्राउन्डेड जहाजको बीमा शुल्कमा दिइएको छुट असुल गर्न महालेखाको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखापरिक्षकको कार्यालयले ग्राउन्डेड भएका जहाजको बीमा शुल्क छुट नदिएको भन्दै एक बीमा कम्पनी सँग एक करोड ११ लाख रुपैयाँ असुल गर्न  निर्देशन दिएको छ । ग्राउन्डेड भएका जहाजको ४० प्रतिशत बीमा प्रिमियम भुक्तानी गरी बाँकी ६० प्रतिशत सम्झौता अवधि समाप्त भएको ६० दिन भित्र फिर्ता गर्नु पर्ने व्यवस्थाको कार्यन्वयन नभएको भन्दै महालेखाले बेरुजु देखाएको हो ।

मध्य एअर बेस, भि.भी.आई.पी. उडान सेवा, हवाई तालिम केन्द्र र पश्चिम एयर बेसमा भएका हवाई साधनको बीमा गर्न एक बीमा कम्पनी सँग बीमा प्रिमियम अमेरिकी डलर ७ लाख ४८ हजार ९४ भुक्तानी गर्ने एक वर्षका लागि सम्झौता गरेको छ । उक्त सम्झौतामा ग्राउन्डेड भएका जहाजको ४० प्रतिशत बीमा प्रिमियम भुक्तानी गरी बाँकी ६० प्रतिशत सम्झौता अवधि समाप्त भएको ६० दिनभित्र फिर्ता गर्नुपर्ने उल्लेख छ ।

Esewa
Crest

उक्त सम्झौता अनुसार २०७७ फागुन ६ मा १५ हवाई साधनको प्रिमियम अमेरिकी डलर एक लाख ६२ हजार ९९३ को हुने एक करोड ९७ लाख १७ हजार फिर्ता हुनुपर्ने मध्ये ८५ लाख ५५ हजार मात्र दाखिला गरेकोले एक करोड ११ लाख ६२ हजार असुल २०७५ बैशाख ३१ देखि नै ग्राउण्डेड भए पनि उक्त साधनको २०७५/७६ को प्रिमियम यो वर्षसम्म फिर्ता भएको नदेखिएकोले यकिन गरी असुल गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS