IME Life New

५५% लाभांश पारित गर्न हाथवे इन्भेष्टमेण्टले आब्हान गर्यो एजिएम, आइपीओ निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २५ गते १३औं वार्षिक साधारण सभा गनैृ भएको छ । कम्पनीको साउन ३२ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, लैनचौर, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै, साधारणसभामा कम्पनीले कम्पनीको हल कायाम चुक्ता पुंजी १ अर्ब १७ करोडको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता शेयर सर्बसाधारणलाई बिक्रि गर्ने विशेष प्रस्ताव पेश गर्न लागेको हो ।

त्यसैगरी सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ /७८ साल असार मसान्तको वासलात, सोही मितिमा सामाप्त आर्थिक वर्ष वर्ष २०७७/ ७८ को आव्यय हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने। संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत तथा चुक्तापूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावीमा संशोधन गर्ने लगायतका एजेण्डा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS