काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।













