Connect IPS
IME Life

एनएलजी इन्स्योरेन्सको मुनाफा २५ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन २ अर्ब ८ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २५.४८ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले गत वर्ष २५ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा २० करोड १० लाख रुपैयाँ थियो ।

कम्पनीले कुल बीमा शुल्क आर्जन पनि १९.९८ प्रतिशलते बढाउन सफल भएको छ । यस अवधिमा कम्पनीले २ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै अघिल्लो वर्ष यस्तो आर्जन एक अर्ब ७३ करोड रुपैयाँ थियो । त्यस्तै यसै अवधिमा कुल दाबी भुक्तानी एक अर्ब ३४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा भने ८९ करोड ८ लाख रुपैयाँ मात्रै थियो । खुद दाबी भुक्तानी भने ५० करोड ३८ लाख रुपैयाँ मात्रै छ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४६ करोड ६८ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी २३ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २४२ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS