Connect IPS
IME Life

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बिहीबार १५ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले १० प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन सहितको लेखापरिक्षण गरिएको २०७७ साल असार मसान्तसम्मको वासलात पनि पारित गरेको छ ।

कम्पनीका अध्यक्ष विमल प्रसाद वाग्लेले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजी एक अर्ब ९ करोड रुफैयाँको १० प्रतिशतका दरले हुन आउने दश करोड ९६ लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि आवस्यक ५७ लाख ७० हजार रुपैयाँ नगद लाभांस पारितका लागि प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावलाई आज सम्पन्न साधारणसभाले पारित गरे सँगै केहि दिनमा शेयरधनीहरुको खातामा पठाइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्नुका साथै २६ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अध्यक्ष वाग्लेले जानकारी दिए । कम्पनीको कुल लगानीमा गत आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले बृद्धि भइ २०७७ साल असार मसान्तमा दुई अर्ब २१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले कुल कारोबार गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा ८.०८ प्रतिशतले बृद्धि भई एक अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको र यसका सबै पोर्टफेलियोमा निरन्तर बृद्धि भैइरहेको अध्यक्ष वाग्लेले शेयरधनीहरुलाई जानकारी गराएका छन् । कम्पनीले आफ्नो कारोबारको पूनर्बीमामा विश्व प्रसिद्ध हेनोभर रीको अगुवाईमा गर्दै आइरहेको र बीमालाई बढि भन्दा बढि ग्राहकहरुसम्म पुर्याउन शाखा विस्तारलाई निरन्तरता दिँदै आइरहेको छ । कम्पनीले संस्थागत नागरिकको हैसियतले विभिन्न सामाजिक कार्यहरुका लागि सहयोग गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS