काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बीमाको पहुँच बैदेशिक रोजगारीमा गएका नेपाली सहित २७ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिका अनुसार यस वर्ष बैदेशिक रोजगारीमा गएका नेपाली बाहेक भने २४.७६ प्रतिशतमा बीमाको पहुँच पुगेको छ ।
गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा २७.१२ प्रतिशतले बढि हो । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा २२.७४ प्रतिशतले बृद्धि भएको हो । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा एक खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समग्र जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १६.१८ प्रतिशतले बढेको छ ।
कुल ग्राहस्थ उत्पादनमा कुल बीमाशुल्कको योगदान ३.५८ प्रतिशत पुगेको छ । हरेक वर्ष नेपालको कुल ग्राहस्थ उत्पादनमा बीमाको योगदान बढिरहेको छ । बीमा क्षेत्रबाट १० हजार ७५२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । दुई लाख ५० हजार भन्दा धेरैले अभिकर्ताको काम गरिरहेका छन् ।
हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ३८ अर्ब रहेको छ भने २० निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९ अर्ब १८ करोड रुपैयाँ रहेको छ । मेट लाइफ एलिको अमेरिकाको शाखा कार्यालय भएकाले चुक्ता पूँजी छैन । त्यस्तै दुई विदेशी निर्जीवन बीमा कम्पनीका शाखा भएकाले पनि उनिहरुको चुक्ता पूँजी छैन ।
सि.नं. | विवरण | प्रमुख सुचकांक |
१ | जीवन बीमा कम्पनी | १९ वटा |
२ | निर्जीवन बीमा कम्पनी | २० वटा |
३ | पुर्नबीमा कम्पनी | २ वटा |
४ | कुल जीवन बीमाशुल्क | १ खर्ब २० अर्ब ९५ करोड |
५ | जीवन बीमाको बृद्धि प्रतिशत | २७.१२ प्रतिशत |
६ | कुल निर्जीवन बीमाशुल्क | ३१ अर्ब ७० करोड |
७ | निर्जीवन बीमाको बृद्धि प्रतिशत | २२.७४ प्रतिशत |
८ | कुल जम्मा बीमाशुल्क | १ खर्ब ५२ अर्ब ६५ करोड |
९ | बृद्धि प्रतिशत | २६.१८ प्रतिशत |
१० | कुल ग्राह्यस्थ उत्पादनमा कुल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) | ३.५८ प्रतिशत |
११ | जनसंख्याको आधारमा बीमाको पहुंच
(बैदेशिक रोजगार बीमा बाहेक ) |
२४.७६ प्रतिशत |
१२ | जनसंख्याको आधारमा बीमाको पहुंच (बैदेशिक रोजगार बीमा समेत ) | २७.०० प्रतिशत |
१३ | बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी | १०,७५२ जना |
१४ | बीमा सर्भेयर | करिव ४०० जना |
१५ | बीमा अभिकर्ता | करिव २,५०,००० जना |
१६ | जीवन बीमा कम्पनीहरुको चुक्ता पूंजी | ३८ अर्ब २१ करोड |
१७ | निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूंजी | १९ अर्ब २८ करोड |