IME Life New

बीमा क्षेत्रका सम्पुर्ण सूचकमा उल्लेख्य सुधार, पहुँच २७ प्रतिशत पुग्दा कुल ग्राहस्थ उत्पादनमा ३.५८ प्रतिशत योगदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बीमाको पहुँच बैदेशिक रोजगारीमा गएका नेपाली सहित २७ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिका अनुसार यस वर्ष बैदेशिक रोजगारीमा गएका नेपाली बाहेक भने २४.७६ प्रतिशतमा बीमाको पहुँच पुगेको छ ।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा २७.१२ प्रतिशतले बढि हो । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा २२.७४ प्रतिशतले बृद्धि भएको हो । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा एक खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समग्र जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १६.१८ प्रतिशतले बढेको छ ।

Esewa
Crest

कुल ग्राहस्थ उत्पादनमा कुल बीमाशुल्कको योगदान ३.५८ प्रतिशत पुगेको छ । हरेक वर्ष नेपालको कुल ग्राहस्थ उत्पादनमा बीमाको योगदान बढिरहेको छ । बीमा क्षेत्रबाट १० हजार ७५२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । दुई लाख ५० हजार भन्दा धेरैले अभिकर्ताको काम गरिरहेका छन् ।

हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ३८ अर्ब रहेको छ भने २० निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९ अर्ब १८ करोड रुपैयाँ रहेको छ । मेट लाइफ एलिको अमेरिकाको शाखा कार्यालय भएकाले चुक्ता पूँजी छैन । त्यस्तै दुई विदेशी निर्जीवन बीमा कम्पनीका शाखा भएकाले पनि उनिहरुको चुक्ता पूँजी छैन ।

सि.नं. विवरण प्रमुख सुचकांक
जीवन बीमा कम्पनी १९ वटा
निर्जीवन बीमा कम्पनी २० वटा
पुर्नबीमा कम्पनी २ वटा
कुल जीवन बीमाशुल्क १ खर्ब २० अर्ब ९५ करोड 
जीवन बीमाको बृद्धि प्रतिशत २७.१२ प्रतिशत
कुल निर्जीवन बीमाशुल्क ३१ अर्ब ७० करोड 
निर्जीवन बीमाको बृद्धि प्रतिशत २२.७४ प्रतिशत
कुल जम्मा बीमाशुल्क १ खर्ब ५२ अर्ब ६५ करोड 
बृद्धि प्रतिशत २६.१८ प्रतिशत
१० कुल ग्राह्यस्थ उत्पादनमा कुल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) .५८ प्रतिशत
११ जनसंख्याको आधारमा बीमाको पहुंच

(बैदेशिक रोजगार बीमा बाहेक )

२४.७६ प्रतिशत
१२ जनसंख्याको आधारमा बीमाको पहुंच (बैदेशिक रोजगार बीमा समेत ) २७.०० प्रतिशत
१३ बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी १०,७५२ जना
१४ बीमा सर्भेयर करिव ४०० जना
१५ बीमा अभिकर्ता करिव २,५०,००० जना
१६ जीवन बीमा कम्पनीहरुको चुक्ता पूंजी ३८ अर्ब २१ करोड
१७ निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूंजी १९ अर्ब २८ करोड

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS